रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

काठमाण्डुबाट ओखलढुङ्गातर्फ जांदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। ती मध्ये गम्भीर घाइते ७ जनालाई उपचारका लागि काठमाण्डु पठाइएको छ ।

हालसम्म १२ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।