कर्नाटकमा बस र ट्याङ्कर ठोक्किए, ११ जनाको जलेर मृत्यु

कर्नाटकमा बस र ट्याङ्कर ठोक्किए, ११ जनाको जलेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको कर्नाटकमा बस र ट्याङ्कर ठोक्किएर आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

चित्रदुर्ग जिल्लामा बिहीबार बिहान स्लीपर बस विपरीत दिशाबाट आउँदै गरेको इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएपछि आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको हो ।

दुर्घटना २० जना भन्दा धेरै घाइते भएका छन् ।

भारतिय सञ्चारमाध्यम द हिन्दुका अनुसार उक्त बसमा ३२ जना यात्रु सवार थिए । सिबर्ड बस गोकर्णतर्फ गइरहेको बेला बिहान २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको हो । समाचार अनुसार ट्याङ्कर सडक डिभाइडरमा ठोक्किएर आउँदै गरेको बससँग जुधेको थियो । ठोक्किँएर आगो लाग्दा धेरै यात्रुहरू जिउँदै जलेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ ।