काठमाण्डु– साउदी अरबको पवित्र सहर मदिनातर्फ जाँदै गरेको भारतीय तीर्थयात्रीहरूलाई लिएर चलेको बस दुर्घटनामा परि ४२ जनाको मृत्यु भएको छ ।
डिजेल बोकेको ट्यांकरसँग ठोक्किएर बसमा आगलागी हुँदा अधिकांश यात्रुको जलेर मृत्यु भएकोे हो ।
मृतकमध्ये सबैभन्दा धेरै हैदरावादका रहेका प्रारम्भिक तथ्याङ्कले देखाएको छ। हैदरावादको मल्लेपल्लीस्थित बजारघाट क्षेत्रका १६ जनाको मृत्यु भएको पुष्टि भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
अन्य मृतकहरूको पहिचान गर्ने काम जारी रहेको अधिकारीहरूले बताएका छन्। यो समूह नोभेम्बर ९ मा हैदरावादबाट प्रस्थान गरेको थियो। मक्कामा उमराहको प्रार्थना गरेर मदिना फर्किने क्रममा दुर्घटना भएको हो।
भारतका विदेश मन्त्री एस जयशंकरले रियादस्थित भारतीय दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले पीडित र उनीहरूका परिवारलाई पूर्ण सहयोग गरिरहेको जानकारी दिएका छन्।
तेलंगाना सरकारले आफूहरू रियादस्थित भारतीय दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।




प्रतिक्रिया