काठमाण्डु – सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ बाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात अझै सञ्चालन हुन सकेका छैनन् ।




प्रतिक्रिया