बुटवल-बुटवल उपमहानगरपालिकाले आफ्नो नगरगान बनाएको छ । नगर गीत १६ औं नगरसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आएको छ ।
बुटवलका डिल्लीनारायण पाण्डेले रचनालाई उत्कृष्ट ठहर गर्दै नगरगान घोषित गरिएको नगरप्रमुख खेलराज पाण्डेले बताए ।
‘बुटवलको कला, संस्कृति, रहनसहन र महत्व दर्साएको गीत प्रयोग र प्रचारमा ल्याएका छौं,’ उनले भने, ‘नगरगीतले नगरबासीलाई थप आफ्नोपन र बुटवलको महत्व उजागर गर्न सहयोग पुग्नेछ ।’
नगरगीतमा बुटवलको कला, संस्कृति, ऐतिहासिकता र पहाडी जिल्लाका नागरिकले ५० वर्ष पहिला बुटवलमा घिउ बिक्री गर्ने र त्यसको आम्दानीले नुन किनेर फर्कने अवस्थाको पनि सन्देश दिएको छ । चुरे पहाडका छेउमा रहेको तराईको उर्भरभुमि, तिनाउ नदी, रामापिथेकस, बुद्धवल्लीलाई गीतले जोडेको छ ।
यस अघि तिलोत्तमा नगरपालिकाले पनि आफ्नै नगरगीत बनाएर प्रचारमा ल्याएको छ ।




प्रतिक्रिया