बुटवल उपमहानगरमा पर्सि सार्वजनिक बिदा

बुटवल उपमहानगरमा पर्सि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – बुटवल उपमहानगरपालिकाले मगर समुदायको दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था तथा सार्वजनिक संघसंस्थामा फागुन १५ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

प्रमुख पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मगर दिवसको अवसरमा मिति २०८२/११/१५ गते शुक्रबार १ दिनको लागि बुटवल उपमहानगरपालिका अर्न्तगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू एवं शिक्षण संस्थाहरूमा समेत स्थानीय सार्वजनिक बिदा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना गरिएको छ ।’