बुटवलमा प्यूठानका कोरोना संक्रमितको मृत्यु

बुटवलमा प्यूठानका कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही – बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भदौ १० गतेदेखि अस्पताल भर्ना भएका ती पुरुषमा १६ गते कोरोना पुष्टि भएको थियो । संक्रमित पुरुषको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । उनी लिभरको समस्या भएर अस्पताल भर्ना भएका थिए ।