बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना काेराेना संक्रमितको मृत्यु भएकाे छ। मृत्यु हुनेमा तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए । तिलोत्तमाकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १० गते अस्पताल भर्ना भएकी थिइन् ।
त्यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुष पनि कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।




प्रतिक्रिया