काठमाण्डु – लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा ३६ शय्याको एचडीयू सञ्चालनमा ल्याईएको छ ।
अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेशनलाई एचडीयूमा परिणत गरेको हो । तत्काल कोरोना पोजिटिभ भएपनि अस्पतालको आकस्मिक कक्ष र फिबर क्लिनिकमा बसेर उपचार गराएका बिरामीलाई धागो कारखानास्थित एचडीयूमा स्थानान्तरण गर्ने अस्पतालका मेडिकल सुपेरिडेन्ट डा. राजेन्द्र खनालले बताए ।
यसअघि यस अस्पतालमा १६ बेड आइसीयू, ३ एचडीयू र ३६ बेड सामान्य आइसोलेशन रहेको थियो । अस्पतालमा एचडीयू शय्या थप गर्न यसै हप्ता लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।




प्रतिक्रिया