बुटवलमा स्थानीय र प्रहरीबीचको झडपमा तीन जनाकाे मृत्यु

बुटवलमा स्थानीय र प्रहरीबीचको झडपमा तीन जनाकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परेर घाइते भएका तीन जनाको मृत्यु भएको हाे।

उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृत्यु हुनेहरूको पहिचान भने खुलिसकेको छैन।

मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन् ।

आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएका थिए । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। यस्तै स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदीदेखि दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको भागसम्म कर्फ्यु आदेश जारी गरेको छ ।