काठमाण्डु– कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान बसमा आगलागी भएको हो ।
काठमाण्डुबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् ।
गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकेर यात्रु ओरालिएकाे थियाे ।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया