वैशाख महिनाका लागि ९ बैंकले घटाए ब्याजदर (सूची)

वैशाख महिनाका लागि ९ बैंकले घटाए ब्याजदर (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सार्वजनिक ब्याजदर तालिका अनुसार एक बैंकले ब्याजदर बढाएको छ भने ९ बैंकले ब्याजदर घटाएका छन् । यस्तै १० बैंकको ब्याजदर स्थिर रहेको छ ।

कृषि विकास बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत वृद्धि गरेको छ ।

यस्तै प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंकले ब्याजदर स्थिर राखेका छन् ।

ब्याजदर घटाउने सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।