असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर (सूची)

असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्।

सूचीअनुसार बैंकहरुले असार महिनाका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर पुनः घटाएका छन् ।

ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।

ब्याजदर स्थिर राख्ने बैंकहरुमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

यस्तै जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ४.३४ प्रतिशत रहेकामा असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

यस्तै जेठमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.२० प्रतिशत रहेकामा असारका लागि औसत ब्याजदर ३.१८ प्रतिशत कायम गरिएको छ ।