फागुनमा १८ बैंकले पुरानै दरमा ब्याज दिने

फागुनमा १८ बैंकले पुरानै दरमा ब्याज दिने


काठमाण्डु– वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १८ बैंकले ब्याजदर स्थिर राखेका छन् भने २ बैंकले ब्याजदर घटबड गराएका छन् ।

सार्वजनिक सूचना अनुसार बैंकहरूले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत थियो भने फागुन महिनाका लागिपनि ६.० प्रतिशत नै रहेको छ ।

यस्तै फागुनमा ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।

ग्लोबल आईएमई बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । लक्ष्मी सनराइज बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।