काठमाण्डु- बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकहरूमध्ये ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।
साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.७८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ ।
यस्तै संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तो खातामा ग्लोबल आईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले अधिकतम ४.५ धेरै ब्याजदर निर्धारण गरेका छन् ।




प्रतिक्रिया