मंसिरका लागि १० बैंकले घटाए ब्याजदर

मंसिरका लागि १० बैंकले घटाए ब्याजदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका हुन् ।

तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको तुलनामा ०.१६० प्रतिशत बिन्दुले घटेर ५.०४०५ प्रतिशत मा आएको छ। कात्तिकमा यो दर ५.२००५ प्रतिशत थियो।

ग्लोबल आईएमईले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६ प्रतिशत ब्याजदर प्रस्ताव गर्दै व्यक्तिगत मुद्दतीमा उच्चतम दर कायम राखेको छ।

१० बैंकले दर घटाए, १० बैंक स्थिर

मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर घटाएका छन्। तीमध्ये एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक समावेश छन्।

उता, १० वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन्—कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता पर्याप्त रहेकाले र कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले ब्याजदर घटाउन बाध्य बनेका छन्।

यस्तो छ सूची

बैंककात्तिकको ब्याजदर %मंसिरको ब्याजदर %
कृषि विकास४.९५४.९५
एभरेस्ट
नेपाल५.२५५.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया५.७५
प्रभु४.९५४.९५
स्टान्डर्ड चार्टड४.७
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल४.९५४.७५
ग्लोबल आईएमई
सिद्धार्थ५.५
प्राइम कमर्सियल४.७५
कुमारी५.०१४.९१
सानिमा५.१५
हिमालयन५.५
नेपाल एसबीआई४.८
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स४.७५