यस्तो छ ७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड

यस्तो छ ७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन्। अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ।

यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग गत वर्ष सम्झौता गरेको थियो। माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको छ।

यसबाट सिडिओहरुबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन्। त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन्।

बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चतिवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रेड ल्याएका छन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पछिल्लो सयम सिडिओहरुबीच प्रतिस्पर्धा बढेको बताए।याे समाचार नयाँ पत्रिका दैनिकमा छ।