चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्।

आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ‘चीनले सुरक्षाबारे विशेष चासो लिएको छ, नेपालले कस्तो सुरक्षा ‘एस्योर’ गर्छ भन्ने चीनको चासो हो।’

चारवटै सुरक्षा निकायबाट २७ हजार सुरक्षाकर्मी परिचालन गर्ने प्रारम्भिक सुरक्षा खाका नेपाली पक्षले चीनलाई ब्रिफिङ गरेको ती अधिकारीले बताए।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सेनाका उच्च अधिकारी सहभागी थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।