संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभामा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५ – ७६ को बजेटमाथिको छलफल आज सकिँदैछ । गत बिहीबर सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयले गरेको छ ।

एक साथ सुरु भएको छलफल राष्ट्रिय सभामा भने गत शुक्रबार नै सकिएको थियो। बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ।

यसअघिका छलफलमा भाग लिँँदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा–पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए।

सामाजिक सुरक्षातर्फ सरकारले पर्याप्त रकम नछुट्याएको, सांसदका लागि घुमाउरो शैलीमा ४ करोड रुपैयाँ विनियोजन गरेको, बजेटको ७० प्रतिशत हिस्सा आफैले राखेको भन्दै सत्तापक्षकै सांसदबाट बजेटको आलोचना गरेका थिए।