काठमाण्डु- मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिंहदरबारमा दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’ नियुक्त भएको सोमबार एक सय दिन पूरा भएको छ । यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन् ।




प्रतिक्रिया