काठमाण्डु – आज बस्ने मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । कोरोनाको जोखिम बढेकाले मन्त्रिपरिषद बैठक पनि अनिश्चित बनेको बताइएको छ । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा रहेका छन् ।
प्रधानमन्त्री देउवाको आज पिसिआर हुने जनाइएको छ । केही मन्त्रीहरूमा कोरोना संक्रमण भएको छ भने केही कन्ट्रयाक ट्रेसिङमा रहेकाले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना नरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।




प्रतिक्रिया