काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुने भएपछि सोमबार बस्ने नियमित बैठकका लागी आज आकस्मिक बैठक बोलाइएकाे हाे । साँझ ५ बजे बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे, राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्नेबारे निर्णय हुने बताइएको छ ।
मिर्गौला प्रत्यारोपण सश्चात प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नेछन् ।




प्रतिक्रिया