बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी , चुनावको मिति तोकिने


काठमाण्डु- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको प्रस्तावअनुसार आगामी जेठ ४ गते निर्वाचनको मिति घोषणा गर्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रह अनुसार निर्वाचन आयोगले यसअघि नै स्थानीय तह निर्वाचन जेठ ४ गते एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरिसकेको छ ।

त्यसैगरी आजको बैठकले चीनसहित विभिन्न देशका लागि राजदूत पनि सिफारिस गर्न सक्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement