स्थानीय तहकाे निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डु- मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement