श्रम अदालतको मुकाम काठमाण्डु उपत्यकामा राख्ने सरकारको निर्णय

श्रम अदालतको मुकाम काठमाण्डु उपत्यकामा राख्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ ।

समितिको सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

बैठकले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रसिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।