मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपतिको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत, यी हुन् ४ निर्णयहरू

मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपतिको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत, यी हुन् ४ निर्णयहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बढुवा र पदस्थापनसहित ४ निर्णय गरेको छ ।

बिहीबारको बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले वन (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गर्ने, तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।