मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् सरकारका २६ निर्णय

मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् सरकारका २६ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबारको मन्त्रिपरिषद् बैठकले काठमाण्डु महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह ‘बालेन’को सिंगापुर भ्रमण स्वीकृत गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन शाहलाई स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा २०८१ जेठ १७ गतेदेखि १८ गतेसम्म मंगोलियाको उनलबाटरमा आयोजित कोलम्बो प्लानको ४८औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

जर्मनीको बोनमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्स अन्तर्गतको एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा योजना आयोगका सदस्य डा. अरनिकोकुमार पाँडेलाई जेठ २१ गतेदेखि २५ गतेसम्म सहभागी हुन स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।

यस्ता छन् बैठकका २६ निर्णय –