एक घण्टा पर सर्‍यो मन्त्रिपरिषद् बैठक

एक घण्टा पर सर्‍यो मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडु – मन्त्रिपरिषद् बैठक एक घण्टा ढिलो गरी बस्ने भएको छ । अपराह्न चार बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अपरान्ह ५ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकले रिक्त ४ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी भइरहेको छ । बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेबीच ११ देशमा राजदूतको भागबण्डा मिले पनि आज ४ जनामात्रै पिसफारिस गर्ने एक मन्त्रीले जानकारी दिए ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

त्यसपछि रिक्त ४ देशमा आज राजदूत सिफारिस गर्न लागिएको हो । बाँकी देशमा राजदूत उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान भ्रमणबाट फर्किएपछि सिफारिस गरिने निकटस्थ स्रोतले बतायो । श्रेष्ठ शनिबार इरान भ्रमणमा जाँदैछन् ।