वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने सरकारको निर्णय

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको उनले बताइन् ।