काठमाण्डु – सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक स्वीकृत गर्ने लगायत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरे ।
बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत ९ जनाको सरुवा गर्ने, पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सिफारिस गर्ने, सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ जारी गर्न सिफारिस गर्ने, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ जारी गर्न सिफारिस गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ जारी गर्न सिफारिस गर्ने, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गर्ने लगायत निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरू –






प्रतिक्रिया