काठमाण्डु– सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकार प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका निर्यण सुनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ ।





प्रतिक्रिया