छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति सिफारिशका लागि समिति गठन

छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्ति सिफारिशका लागि समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्ति सिफारिश गर्न समिति गठन गरिएको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिश समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य वरिष्ठ अधिवक्ताद्वय रामनाथ मैनाली र प्रेमबहादुर खड्का तथा अधिकारकर्मी शर्मिला कार्की रहेका छन्।