काठमाण्डु – सरकारले जेनजी पुस्ताको सोमबारको प्रदर्शनमा भएको जनधनको क्षतिको घटनाबारे छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
समितिले १५ दिनभित्र घटनाको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ । सरकारले छानबिन समितिको स्वरूप सार्वजनिक गरेको छैन ।




प्रतिक्रिया