कुलमानको एक्सन : विद्युत् प्राधिकरणमा हितेन्द्रलाई बर्खास्त गरेर मनोज नियुक्त

कुलमानको एक्सन : विद्युत् प्राधिकरणमा हितेन्द्रलाई बर्खास्त गरेर मनोज नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई बर्खास्त गरेर मनोज सिलवाललाई नियुक्त गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको प्रस्तावमा हितेन्द्रलाई बर्खास्त गरेर मनोजलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघिको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेर हितेन्द्रलाई नियुक्त गरेको थियो ।