काठमाण्डु – सरकारले चीन, अमेरिका, जापान, इजरायल लगायत ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले विदेशस्थित कूटनीतिक प्रतिनिधिहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र डा. दुर्गाबहादुर सुवेदी (जापान) छन् ।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले पुरानो सरकारका नियुक्ति खारेज गर्ने नीतिअनुसार राजदूत फिर्ता बोलाएको छ ।




प्रतिक्रिया