जेनजी र सरकारबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

जेनजी र सरकारबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी प्रतिनिधि र सरकारबीच बुधबार भएको सम्झौतालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जेनजीसँगको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सम्झौता राजपत्रमा प्रकाशित भएपछि सम्बन्धित मन्त्रालयहरूलाई सम्झौता बमोजिम काम–कारबाही अगाडि बढाउन सरकारले निर्देशन दिएको छ ।

सरकारले जेनजी अगुवाहरूसँग संविधान संशोधन सुझाव आयोग गठन समेत थुप्रै बुँदामा सहमति गरेको छ । नेपाली जनताको सामूहिक विवेक र आकांक्षालाई समेट्न गरिनुपर्ने संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्चस्तरीय आयोग बनाइने सम्झौता पत्रमा उल्लेख छ ।

आयोगमा स्वतन्त्र विज्ञ, जेनजी र युवासहित सरोकारवालाहरू रहने जनाइएको छ ।