भारतीय २०० र ५०० दरका नोट नेपालमा खुला गर्ने सरकारको निर्णय

भारतीय २०० र ५०० दरका नोट नेपालमा खुला गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

आयोगको सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० तथा भारतीय रुपैयाँ ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था सरकारले गरेको छ ।

विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको उनले बताए ।

संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिह्ना र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य हुन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका उनले जानकारी दिए ।