जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के–के भए निर्णय ?

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के–के भए निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो बैठकबाट जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार अपराह्न बसेको बैठकले जेनजी घाइतेहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएर सरकारलाई प्रतिवेदन प्राप्त भइसकेको छ ।

आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाहीको सिफारिश गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायको हकमा अध्ययन गर्न कार्यदल गठन गर्ने, शासकीय सुधारका लागि १०० बुँदा पारित गर्ने र महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।