आँधी प्रभावितका लागि बर्खा अगावै घर बनाउने जिम्मेवारी सेनालाई


काठमाडौं–सरकारले १७ चैतको आँधीबाट प्रभावित भएकाहरूको घर बर्खा आगावै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय गरेको छ।

भीषण आँधीका कारण बारामा ९ सय ४० घरमा पूर्ण क्षति पुगेको छ, भने ९ सय ५५ घरमा आंशिक क्षति। त्यस्तै पर्सामा १ सय २२ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, भने ९ सय ४० घरमा आंशिक क्षति भएको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले आँधी प्रभावितलाई बर्खा अगावै घर बनाउने र त्यसको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए।

बास्कोटाका अनुसार घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।

यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण प्रदेश नम्बर २ का प्रमुख सचिवले गर्ने छन् भने जसमा सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement