काठमाण्डु – सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार संघीय संसद्का दुवै सदनको बैठक आह्वान गर्नका लागि सिफारिस गरिएको छ ।
यस्तै, सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन हुनेछ ।
समितिको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आशिफ साहले गर्ने जनाइएको छ ।




प्रतिक्रिया