प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयबमोजिम सम्पत्ति विवरण सार्वजनिक गरिएको जानकारी दिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले बुझाएको विवरणलाई पारदर्शिताका लागि सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूहरूले कार्यालयमा पेश गर्नुभएको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयबमोजिम सार्वजनिक गरिएको छ ।’

सार्वजनिक गरिएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा सर्वसाधारणले हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।