९ सचिवको सरुवा, को कहाँ? सूचीसहित

९ सचिवको सरुवा, को कहाँ? सूचीसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न मन्त्रालय सचिव र प्रदेश मन्त्रालयका ९ जना सचिवहरुको सरुवा गरेको छ ।

वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा तथा पदस्थापन गरेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा
सरकारका प्रवक्ता एव) सञ्चार तथा सूचना प्रप्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

–राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी प्रदेश नम्बर ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना

–केवल भण्डारीकाे सरूवा  कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

–स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेकाे सरूवा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा

–कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाकाे सरूवा स्वास्थ्य मन्त्रालयमा

–प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेकाे सरूवा  काठमाडौं महानगरकाे प्रमुख प्रशासकीय अधिकृतमा

–काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाकाे सरूवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

–सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायम मुकायम प्रमुख सचिवमा पदस्थापन

–अतिरिक्त समूहमा रहेका सचिव डा हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन