काठमाण्डौं – सरकारले वैशाख २० गते बसेको मन्त्री परिषद बैठकका विभिन्न नौ वटा निर्णयहरु सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भियतनामसँग सीधा हवाई सम्पर्कसहितका नौ निर्णय भएको बताए ।
मन्त्री बाँस्कोटाका अनुसार अमेरिकाका लागि राजदूतमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि डा. अर्जुन कार्कीको कार्यअवधि थप गरिएको छ ।




प्रतिक्रिया