काठमाडौँ— तीन वटा मन्त्रालयमा ९ सय ८९ जना कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।
मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको हो।
अब खानेपानी मन्त्रालयमा २ सय १३ जना, वन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालय अन्तर्गत ७ सय २६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
भर्ना भएका कर्मचारी विभिन्न परियोजनाका लागि खटाइने जनाइको छ।




प्रतिक्रिया