काठमाडौं – सरकारले गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको छ ।
त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १४ वटा महत्वपूर्ण निर्णय :





प्रतिक्रिया