काठमाडौं – विदा स्वीकृत नगराउने तीन डाक्टरलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डाक्टरलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिएका हुन् ।
बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित डा. सर्जन ढुंण्डिराज पौडेल, अर्थोपेडिक सर्जन राजेन्द्र सञ्जेल क्षेत्री र विष्णुकुमार पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय सरकारले गरेको हो ।
११ तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन ढुंण्डिराज नेपाल चिकित्सक संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । प्रमुख कन्सल्टेन्ट डा. क्षेत्री अर्थोपेडिक सर्जन हुन् भने प्रमुख कन्सल्टेन्ट पौडेल फिजिसियन हुन् ।
सरकारले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमार्फत् स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।




प्रतिक्रिया