राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि भट्टराईलाई सरकारले फिर्ता बोलायो, राजदूत नियुुक्तिको मापदण्ड स्वीकृत

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि भट्टराईलाई सरकारले फिर्ता बोलायो, राजदूत नियुुक्तिको मापदण्ड स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री गोकुुल बास्कोटाले जानकारी दिए। भट्टराईलाई साउन १५ गतेभित्र नेपाल आउन निर्देशन दिइएको बास्कोटोले बताए।

तत्कालीन परराष्ट्र मन्त्रालयका सचिव रहेका भट्टराई लामो समयदेखि रिक्त रहेको प्रतिनिधि पदका लागि कांग्रेसकाे पालामा नियुक्त भएका थिए। भट्टराईभन्दा अघि प्रतिनिधि पदमा ज्ञानचन्द्र आचार्य थिए।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिको मापदण्ड स्वीकृत गरेको छ। भारतीय साना विकास परियोजना कार्यान्वयनका लागि लागि कार्यान्वयन गर्ने निकाय र प्रक्रिया तोक्ने निर्णय भएको छ।