बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन थप कडाई गर्ने तयारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन थप कडाई गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । साँझा ६ बजेबाट सुरु भएको बैठकमा लकडाउन बडाइबारे थप निर्णय हुनसक्ने बताइएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले लकडाउनलाई कडाई गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो ।

सोमबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमित तीब्र रुपमा बढ्दै गएकाले लकडाउन कडाई गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । लकडाउन खुकुलो हुँदा संक्रमण दर बढेको भन्दै लकडाउन कडाई गर्ने सरकारले तयारी गरेको हो ।

बैठकले काठमाडौं उपत्यका भित्रिन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ । अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

त्यस्तै आजको बैठकले आन्तरिक हवाई उडान सञ्चालनका विषयमा निर्णय हुनसक्ेछ ।