जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाल सरकारले शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

नेपाल सरकारले उनीमाथि भएको गोली प्रहारको भत्सर्नासमेत गरेको छ । आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले शोक व्यक्त गरेका थिए ।

शुक्रबार एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आवेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा निधन भएको थियो । आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने व्यक्ति थिए ।