यी हुन मन्त्रिपरिषद बैठकका ५ निर्णय

यी हुन मन्त्रिपरिषद बैठकका ५ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल राजस्व परामर्श विकास समिति खारेज गरेको छ । अर्थसचिवको संयोजकमा गठित समितिलाई राजस्व नीति, कर संरचना र कार्यप्रक्रियाको मूल्यांकन गर्ने, लगानीमैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने जिम्मेवारी थियो ।

यसैगरी सरकारले ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको छ।